१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रदेश १:एक वर्षको अवधिमा ६७ जनाको हत्या

प्रदेश १ मा एक वर्षको अवधिमा ६७ जनाको हत्या भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ ले शनिबार नेपाल मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै प्रदेश १ मा सन् २०२१मा  ६७ जनाको हत्या भएको तथ्याँक सार्वजनिक गरेको हो।  

सन् २०२०मा प्रदेश १ मा ८२ जनाको हत्या भएको थियो। प्रदेश १ मा सन् २०२१मा ९ सय १९ जना मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन्।  इन्सेक प्रदेश १ का प्रलेख अधिकृत  पुन्य पी अधिकारीले प्रदेश १ को मानवअधिकारका विषयमा जानकारी दिंदै सन् २०२१मा राज्य पक्षबाट मानवअधिकार उलंघनका घटनामा ३० जना र अन्य पक्षबाट भएका ज्यादतीका घटनामा ८ सय ८९ जना पीडित भएको  बताए। गत वर्ष प्रदेश १ मा मानवअधिकार उलंघनका घटनामा ८ सय १३ जना पीडित भएका थिए। यो वर्ष गत वर्षको तुलनामा १ सय ६ जना बढी पीडित भएको अधिकारीको भनाई छ।  

सन् २०२१मा प्रदेश १ मा अपहरणका घटनामा ४, जातीय विभेद १ धम्की ४, यातना १, महिला हिंसा ४ सय ६८ जना पीडित भएका छन्।  सन् २०२१मा प्रदेशका विभिन्न कारागारमा  ७ जनाको मृत्यु भएको थियो। सन् २०२१ मा थानिय तह तर्फ सबै भन्दा बढी इटहरी उपमहानगरपालिकामा ३६ जना पीडित भए। यसैगरी ४ वटा स्थानिय तहमा ३० भन्दा बढी, ६ वटामा २१ –२९, १४ वटामा ११–२०, १ सय ५ स्थानिय तहमा १० जना पीडित भएका छन्। 

कार्यक्रममा उच्च अदालत विराटनगरका मुख्य न्यायधिश तिलप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे, नेपाल मानअधिकारी आयोग प्रदेश १ की निर्देशक नितु गड्तौला, इन्सेक प्रदेश १ संयोजक सोमराज थापालगायतले मानवअधिकार हननका घटना कम गर्न समुदाय स्तरमै सचेतनाका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा प्रदेश १ का यो वर्षका उत्कृष्ठ प्रतिनिधि झपाका नरेश खातीलाई ७ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।

प्रकाशित: ७ फाल्गुन २०७८ १४:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App