coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

राष्ट्रिय प्रजातन्त्र दिवस: प्रदेश सरकारले तीन दिनसम्म दिपावली गरेर मनाउने

कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ। 

मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसर पारेर शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो। प्रदेश सरकारले तीन दिनसम्म हरेक साँझ प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायमा दिपावली गर्ने निर्णय गरेको छ। 

यस्तै प्रदेशबासीहरुका घर–घरमा पनि दिवापली गरेर प्रजातन्त्र दिवसलाई भव्य बनाउन प्रदेश सरकारले अनुरोध गरेको छ। यस्तै प्रदेशस्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघ–संस्था, शैक्षिक प्रतिष्ठान तथा निकायहरुमा राष्ट्रिय झण्डा फहराउने निर्णय गरिएको प्रमुख सचिव राजकुमार श्रेष्ठले जानकारी दिए।  

यस्तै स्थानीय प्रशासनसँगको सहकार्यमा शनिबार वीरेन्द्रनगर–४ स्थित शहिदपार्कमा मुख्यमन्त्री, सरकारका मन्त्री, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा सरसफाई कार्यक्रमको आयोजना गर्ने निर्णय पनि भएको छ।

प्रकाशित: ५ फाल्गुन २०७८ १२:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App