२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

विकासप्रेमी प्रेमबहादुर

जुम्लाको तातोपानी गाउँपालिका १ का वडाध्यक्ष प्रेमबहादुर कठायत गाउँपालिकाबाट सम्मानित भएका छन्। विकास निर्माणका क्रियाकलापमा निकै जिम्मेवार भएर प्रस्तुत हुने प्रेमबहादुर गाउँपालिकाबाट सम्मानित हुने पहिलो वडाध्यक्ष हुन्।

उनले पालिकाले तोकेको समयभित्र सबै विकास योजनाको सम्झौता गराउन सफल भए। निरन्तर खटिएर पक्ष विपक्ष नभनेर उनी रातदिन खटिए। प्रेमबहादुरलाई गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु र कर्मचारीहरुले दोसल्ला र अबिर लगाएर सम्मान गरे। प्रेमबहादुरले भने,‘राम्रो काम गरे सम्मान पाइदो रहेछ। यो कार्यले आगामी दिनमा जनतासंगै रहेर विकास निर्माणका सवालमा काम गर्न निकै उत्साहित र जिम्मेवार बनाएको छ।’ 

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले माघ महिनाको पहिलो साता कर्मचारी र वडाध्यक्षसंगको संयुक्त बैठक राखेर माघ महिना भित्रै योजना सम्झौता गरेर सकाउने निर्णय गराएका थिए। अहिले आरोप विकासका क्रियाकलाप असारमा मात्र हुने गर्छन्।

जसकारण गुणस्तरीय काम हुदैन भन्ने आरोप छ, प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भने, ‘यो पटक समयमै विकासका क्रियाकलाप सकाएर असारमा आरामपुर्वक काम गर्ने वातावरणको सिर्जना हुदैँछ। यो तातोपानी गाउँपालिकाबासीका लागि खुसीको बिषय हो।’

प्रेमबहादुर प्राविधिक जनशक्तिको परिचालन, जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय गर्न अब्वल रहेको प्रमाणित गरे। फलस्वरुप यो वर्ष हुने सबै विकास योजनाको सम्झौता तोकिएको समयभित्र गरी सकाए। अहिले वडाध्यक्ष प्रेमबहादुरको चर्चा तातोपानीको घरदैलोमा हुनेगर्छ।

तातोपानी १ का वडाध्यक्ष प्रेमबहादुर नमुना कहलिए। सबै योजना माघ महिनाको तेस्रो सातामै सकाउन सफल भए। प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले भने ‘प्रभावकारी समन्वय र सहकार्य गरेकोमा गाउँपालिका परिवार खुसी भएका छौँ। यो पाठ सबै वडाध्यक्षले सिक्न जरुरी भएकोमा गाउँपालिकाको जोड रहेको छ।’

माघ मसान्त भित्र सबै योजनाहरु सम्झौता गरि सक्ने भनी गरेको निर्णयलाई सार्थक तुल्याउदै वडा नं.१ वडाध्यक्ष प्रेमबहादुरले सबै योजना सम्झौता गर्न सफल भएका छन्। अरुलाई सिकाई होस भनेर वडाध्यक्षलाई उर्जा थप्नका लागि पालिकाबाट सम्मान गरीउको हो।

विकासमा गुणस्तर ल्याउन, पुँजीगत खर्च बढाउन, समयमै भुक्तानी सक्न, असारे विकासको अन्त्य गर्न र अनुगमन निरीक्षणलाई प्रभावकारी बनाउनको लागि गाउँपालिकाले माघ महिना भित्रै योजना सम्झौता सकाउने रणनीति बनाएको थियो। विकास निर्माणलाई गति दिन कर्मचारी, जनप्रतिनिधि र नागरिकको सहयोग, समन्वय र सहकार्य प्रभावकारी हुन आवश्यक छ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले भने, ‘पालिकाका ८ वटा वडा मध्ये १ नम्बर वडाले निर्धारित लक्ष्यअनुसार सबै योजना सम्झौता सकेको छ। यो एक उदाहरण हो।’ उनले जिल्लाको एक नगरपालिका र सात गाउँपालिका मध्ये तातोपानी गाउँपालिकाले फरक विकास मोडल स्थापित गर्न थालेकोमा जोड दिए। अन्य वडाको पनि सम्झौता भईरहेका छन्। तर वडा नं १ का वडाध्यक्ष प्रेम कठायतले सक्रियता देखाए। यो सक्रियता गाउँपालिकाको लागि मात्र होइन। 

सबै वडाबासीका लागि नमुना कार्य हो। उनलाई प्रोत्साहन गर्न सम्मान गरेका हौँ। अन्य वडाध्यक्षलाई पनि सिकाई हुने विश्वास गरिएको छ। उनले राम्रो काम गर्ने जनप्रतिनिधि कर्मचारीलाई उर्जा थप्न सम्मान प्रोत्साहनका कार्यक्रम गर्ने कामको शुरुवात भइसकेको बताए। पछिल्लो समयमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मिलन बुढ्थापा आएसंगै रचनात्मक कामको शुरुवात भएको छ।

उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने र काम नगर्नेलाई प्रेरणा प्रदानको लागि साथ दिने काम अघि बढेको छ। यो कार्यले गाउँपालिका समृद्धिको लागि सहयोग मिल्ने पक्का छ।’ जुम्लामा अहिलेसम्म कुनै पनि गाउँपालिकाले योजना सम्झौता कार्यलाई सकाएका छैनन्। तातोपानीले नयाँ कामको शुरुवात गरेर नयाँ सन्देश छर्न सफल बन्यो। 

यो कार्यको सवत्र प्रसंसा भइरहेको छ। पालिको पुर्वाधार विकासमा नयाँ आयम थप्ने विश्वास गाउँपालिका अध्यक्ष न्यौपानेले लिएका छन्। वडाध्यक्ष कठायतले गाउँपालिकाको गरेको सम्मानले अझै जनतामाझ गएर विकासका क्रियाकलापमा लाग्न प्रेरित गरेको प्रतिक्रिया दिए। प्रेमबहादुर गाउँपालिकामा निकै फरक काम गर्न चाहने जनप्रतिनिधि हुन्।

उनी विकासमा गुणस्तरता,आर्थिक पारदर्शिता र जनताको मनोभावनाको कदर गर्छन्। जनताले वडाध्यक्ष कठायतलाई विकासप्रेमी वडाध्यक्षको रुपमा चिन्दै आएका छन्। विकास निर्माणदेखि हरेक क्रियाकलापमा आफ्नो, अर्काको भन्दैनन्। सबैलाई समान दृष्टिले गरेर सामुहिकताको सन्देश दिन सफल भएका छन्। 

प्रकाशित: २८ माघ २०७८ १३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App