८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नेवाः साधना केन्द्र 'मिसा पुचः' गठन

काठमाडौंका नेवार महिलाहरुको भेलाले नेवाः साधना केन्द्र (मिसा पुचः) को स्थापना गरिएको छ। काठमाडौका विभिन्न ठाउँहरुमा छरिएर रहेका महिलाहरु मिलेर केन्द्रको स्थापना गरिएको हो। काठमाडौंमा पछाडि परेका नेवार महिलाहरुलाई अगाडि ल्याउने उद्देश्यका साथ संस्था खोलिएको जनाइएको छ।  

संस्थाको कार्यालय काठमाडौंको वसुन्धारामा राखिएको छ। समाजसेवी सुन्दरमान श्रेष्ठले त्यसको लागि बसुन्धारास्थित आफनो घरको एउटा कोठा निःशुल्क उपलव्ध गराएका छन्।

साथै कार्यालयको लागि आवश्यक फनिर्चरलगायका भौतिक सामाग्री पनि उपलव्ध गराइ सहयोग गर्ने समाजसेवी सुन्दरमानले भेलामा बताएका छन्। संस्थाका संस्थापक सुन्दरमानले काठमाडौंमा पिछडिएका नेवार महिलाहरुलाई अगाडि वढाउन संस्थाको स्थापना गरिएको बताए।

संस्थाको दर्ता प्रक्रिया सुरु भएको र दर्ता भएपछि कार्यक्रमहरु गर्दै लाने योजना रहेको उनले सुनाए।संस्थाका सवैजना महिला मात्रै छन्। अध्यक्षदेखि सदस्यहरुसम्म सवै महिला मात्रै हुने छन्। 

संस्थाको पदाधिकारीहरु भने तोकिएको छैन। पहिलो चरणमा नौ सदस्यीय समिति गठन गरी पदाधिकारी तोक्ने जनाइएको छ। हाललाई संस्था गठन गरी उदघाटन मात्रै गरिएको हो।

प्रकाशित: २८ माघ २०७८ ०७:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App