१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

तुलसीपुरमा जुत्ता पसल आगलागीः पाँच जनाको मृत्यु

तुलसीपुरमा आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। तुलसीपुर स्थित एक जुत्ता पसलमा आगलागी हुदा ५ जनाको मृत्यु भएको हो। गए राति इरम फुटवेयर जुत्ता चप्पल पसलमा भएको आगलागीमा परेर बेहोस भएका ५ जनालाइ बिहान बाहिर निकालिएको थियो।

राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो। उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। उनीहरुको विस्तृत विवरण थाहा हुन नसकेको उनले बताए।

तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयले आगो निभाउन रातभर प्रयास गरेका थिए। विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अर्यालले बताए।

प्रकाशित: २८ माघ २०७८ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App