४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

लागू औषधसहित सर्लाहीमा एक युवक पक्राउ

सर्लाही प्रहरीले लागू औषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतिर मोटरसाइकलमा आइरहेका सर्लाहीको पर्सा गाउँपालिका २ संग्रामपुरका युवकलाई प्रतिबन्धित लागू औषध र मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो।

पर्सा गाउँपालिका २ नारायणपुरस्थित बोर्डरमा रहेको प्रहरी टोलीले संग्रामपुरका जहमद अंसारीका २२ वर्षीय छोरा फिगेज अन्सारीलाई लागू औषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतिर प्र.२–००४ प ४०७९ नम्बरको मोटरसाइकलमा आइरहेका अन्सारीले लगाएको ज्याकेटको खल्तमिा लागू औषध भेटिएको हो। शंका लागी अंसारीलाई प्रहरीले चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र लुकाएको अवस्थामा नाइट्रोभेट १० नामक ट्याबलेट १२ वटा, नाइट्रोजाम २ नामक ट्याबलेट १४ ओटा फेला परेको छ।

लागू औषधसहित पक्राउ परेका युवक अंसारीलाई नियन्त्रणमा लिएर सर्लाही प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत डिएसपि माधव प्रसाद बुढाथोकीले जानकारी गराएका छन्।

प्रकाशित: २६ माघ २०७८ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App