३० वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जेष्ठ नागरिकलाई कम्बल वितरण

कम्बल वितरण गर्दै वडाध्यक्ष दामबहादुर क्षेत्री।

दशरथचन्द नगरपालिकाको वडा नं.३ दुर्गाभवानीले जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा दलितहरुलाई कम्बल वितरण गरेको छ। लैङ्गिक समानता कार्यक्रम अन्तर्गत जेष्ठ नागरिक, अपाङ्ग तथा दलित कोषबाट कम्बल वितरण गरिएको वडाध्यक्ष दामबहादुर क्षेत्रीले बताए।

चिसोको समयमा न्यानोका लागि राहत होस् भन्ने उद्देश्यले कम्बल वितरण गरेको वडाध्यक्षले बताए। वडाभित्रका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा दलित तीनै वर्गका नागरिकहरूलाई ९० वटा कम्बल वितरण गरिएको हो। जेष्ठ नागरिक, दलित तथा क र घ वर्गका अपांग नागरिकलाई न्यानो कपडाहरू वितरण गरिएको वडा कार्यालयले जनाएको छ। चिसो मौसममा वडा कार्यालयले राहतस्वरुप कम्बल दिएपछि स्थानीयबासी खुसी भएका छन्।

प्रकाशित: २२ माघ २०७८ ०७:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App