७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

युट्युबर चेतन कार्की लागुऔषधसहित पक्राउ

सिन्धुलीबाट लागुऔषधसहित एक जना युट्युबर पक्राउ परेका छन्। यहाँको विपी राजमार्गस्थित गोलञ्जोर गाउँपालिका ७ खुर्कोटमा प्रहरीले चेकजाँच गर्ने क्रममा लागुऔषध खैरो हिरोइन र गाँजासहित युट्युबर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पक्राउ पर्नेमा काठमाडौ महानगरपालिका स्थित सामाखुसी बस्ने ३७ वर्षीय चेतन कार्की पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार लामाले जानकारी दिए। बर्दिबासबाट धुलिखेततर्फ जाँदै गरेका कार्की बागमती प्रदेश ०१–००३ क ९१८२ नम्बरको ट्रकसहित पक्राउ परेका हुन्। खाने, बस्ने र सुत्नेसहित सुविधा गाडी भित्रै भएको ट्रक भएकाले चेकजाँच गर्दा कार्कीको साथबाट ४.१३० ग्राम खैरो हिरोइन र ६.९४० ग्राम गाँजा बरामत भएको डिएसपी लामाले बताए।

उनी माथि लागुऔषध मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ माघ २०७८ १२:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App