४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आमाको हत्या आरोपमा छोरा पक्राउ

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी एक वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।

पथरीशनिश्चरे–२ की ९० वर्षीया जगमाया श्रेष्ठको हत्या आरोपमा उनका छोरालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। जगमायाको हत्या आरोपमा उनका छोरा ४८ वर्षीय कमल श्रेष्ठलाई इलाका प्रहरी कार्यालय पथरीको टोली पक्राउ गरेको प्रहरीले जनाएको छ।  

माघ १२ गतेदेखि घरैबाट एक्कासी हराएकी भनिएकी जगमायाको हत्यापछि  जलाएको भन्ने सूचनाको आधारमा गरिएको अनुसन्धानबाट छोरा नै हत्यामा संलग्न भएको देखिएपछि सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठले बुवाको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गा आमा तथा अन्य भाइहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा दर्ता गरेका थिए। आमा र भाइहरुले थाहा पाएर अदालतमा मुद्दा दर्ता गरी अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो।  

उक्त फैसला अनुसार जग्गा आमाको नाम जाने भएपछि रिसले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ माघ २०७८ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App