१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

एक किलो सुनसहित युवक पक्राउ

प्रहरीले एककिलो भन्दा बढी सुन सहित एकजनालाई पक्राउ गरेको छ। माइक्रोबस चढेर काठमाडौंबाट पोखरा आउँदै गरेका पोखरा महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षिय रमेश सुनार अवैध सुन सहित पक्राउ गरेको प्रहरीले बताएको छ। प्रहरीले सुनारको साथबाट एककिलो ८ ग्राम सुन फेला पारेको बताएको छ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार अवैध रुपमा सुनको ओसारपसार भईरहेको सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा सुनारलाई सुन सहित पक्राउ गरेको हो। गत शनिबार बेलुकी ८ बजेतिर उनलाई पक्राउ गरेको तिवारीले बताए।

तिवारीका अनुसार पृथ्वी राजमार्गमा अन्तर्गत पोखरा–३० पावरहाउस चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा सुन सहित सुनारलाई पक्राउ गरिएको हो। सुनारले चारपाटे बिस्कुट आकारको सुन बोकेको तिवारीले जानकारी दिए। उनका अनुसार सुनारको साथबाट विभिन्न बैकका चेकबुक पनि फेला पारिएको छ। सुन सहित पक्राउ परेका सुनारबारे थप अनुसन्धान भईरहेको तिवारीले बताए।

प्रकाशित: १७ माघ २०७८ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App