९ असार २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लाको जनसंख्या १ लाख १९ हजार ३ सय ७७

राष्ट्रिय जनगणना २०७८ अनुसार जुम्लाको जनसंख्या १ लाख १९ हजार ३ सय ७७ पुगेको छ। २०६८ को अनुसार १ लाख ८ हजार ९ सय २१ रहेको थियो। १० वर्षको अन्तरमा जुम्लाको जनसंख्या १० हजार ४५६ मात्रै वृद्धि भएको छ। जुम्लाको वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ८८ प्रतिशत रहेको तथ्यांक कार्यालय जुम्लाले जनाएको छ।  

जुम्लामा सबैभन्दा बढी जनसंख्या चन्दननाथ नगरपालिकामा रहेको छ। सबैभन्दा कम गुठिचौर गाउँपालिकामा रहेको हो। चन्दननाथ नगरपालिकाको जनसंख्या २० हजार ९७३ छ। पुरुष १० हजार ४७५ र महिला १० हजार ४९८ रहेका छन्।

नगरपालिकाभित्र ४ हजार १६६ घरधुरी संख्या र ५ हजार ३६७ परिवार संख्या रहेको छ। गुठीचौर गाउँपालिकाको जनसंख्या १० हजार ८९१ छ। पुरुष ५ हजार ३४४ र महिला ५ हजार ५४७ जना छ। गुठीचौर गाउँपालिकाको घरधुरी संख्या २ हजार २०५ र परिवार संख्या २ हजार ४५१ रहेको जिल्ला तथ्यांक कार्यालय जुम्लाले जनाएको छ।  

यस्तै, हिमा गाउँपालिकाको जनसंख्या १२ हजार ८०४ रहेको छ। जसमा पुरुष ६ हजार ३८८ र महिला ६ हजार ४१६ जना छन्। हिमाको घरधुरी संख्या २ हजार ६२ र परिवार संख्या २ हजार १०४ रहेको छ। कनकासुन्दरी गाउँपालिकाको जनसंख्या १३ हजार ६८७ छ। पुरुष ६ हजार ८०७ र महिला ६ हजार ८८० छन्।  

पातारासी गाउँपालिकाको जनसंख्या १६ हजार ८८१ छ। जसमा पुरुष ८ हजार ३४९ र महिला ८ हजार ५३२ छन्। पातारासीको घरधुरी संख्या ३ हजार १९१ वटा र परिवार संख्या ३ हजार ३७४ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ।

सिंजा गाउँपालिकाको जनसंख्या १२ हजार ७५५ छ। जसमा पुरुष ६ हजार ५६१ र महिला ६ हजार १८३ छन्। सिंजामा घरधुरी संख्या २ हजार २७१ र परिवार संख्या २ हजार ४२७ रहेको छ। तातोपानी गाउँपालिकाको जनसंख्या १५ हजार ७२१ रहेको छ। पुरुष ७ हजार ७२८ र महिला ७ हजार ९९३ छन्। तातोपानीमा घरधुरी संख्या ३ हजार १९० र परिवार संख्या ३ हजार ३२१ छन्।  

तिला गाउँपालिकाको जनसंख्या १४ हजार ६९२ रहेको छ। जसमा पुरुष ७ हजार २६१ र महिला ७ हजार ४३१ छन्। घरधुरी संख्या २ हजार ५८२ र परिवार संख्या २ हजार ६६६ रहेको जनगणना २०७८ को प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १४ माघ २०७८ ११:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App