१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीमा ६ महिनायता सवारी दुर्घटनामा १ सय १८ जनाको मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेशमा ६ महिनायता सडक दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको जनाएको छ। कर्णालीका विभिन्न जिल्लामा २ सय ३ वटा सवारी दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको र ५ सय १५ जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

दुर्घटना न्यूनिकरणका लागि ७ सय ६७ पटक जनचेतनामुलक कार्यक्रम प्रदेशभर गरिएको प्रहरीले जनाएको छ। त्यस्तै ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५ सय १ सवारी साधनलाई कार्वाही गरि ६ महिनायता १ करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

कर्णालीका दश जिल्लामा समुदाय प्रहरी साझेदार कार्यक्रम अन्र्तगत लागूऔषध, घरेलु हिंसा बाल विवाह न्यूनिकरण लगायत ३ हजार ५ सय ७९ वटा जनचेतना कार्यक्रमहरु गरिएको थियो। कर्णाली प्रदेशमा प्रहरीले अपराध न्यूनिकरणसहित कोरोना भाईरस न्यूनिकरणका लागि जनचेतनामुलक कार्यक्रमहरु गरिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले बताए।

प्रकाशित: १३ माघ २०७८ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App