१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जबरजस्ती करणी गरेको आरोपमा वीरगन्ज महानगरपालिका–२३ सबैठवा बस्ने २० वर्षीय भनु भनिने मुन्ना यादवलाई प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।  

प्रहरीका अनुसार यादवले पीडित बालिकालाई ललाईफकाई आफ्नै घरमा पटक–पटक करणी गर्दै आएका थिए। गत बुधबार माघ ५ मा राति उनले पीडित किशोरीलाई वीरगन्ज–१५ भिस्वास्थित साथीको डेरामा लगि करणी गरेको उनले अभिभावकलाई बताइन्। त्यसपछि प्रहरीमा अभिभावकले जाहेरी दिएपछि यादवलाई उनकै घरबाट पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता समेत रहेका खनालले जानकारी दिए।  

आरोपीलाई जबरजस्ती करणी मुद्दामा अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको खनालले बताए। ‘उसले फकाएर बालिकालाई अनेक पटक करणी गरेको भन्ने कुरा अभिभावकको कुराबाट र जाहेरीमा खुल्न आएको छ,’ खनालले भने, ‘त्यसपछि उसलाई पक्राउ गर्ने काम भएको हो। अनुसन्धान बढाइएको छ।' अनुसन्धान गरिरहेका प्रहरीका अनुसार उमेर नपुगेका बालबालिकासंग उसलाई सहमति लिएर पनि यदी कसैले करणी गर्छ भने कानून अनुसार त्यो जबरजस्ती करणी ठहरिन्छ।

यस मामिलामा पनि आरोपीलाई १५ वर्ष मात्र उमेर भएकी किशोरीलाई ‘तिमीलाई प्रेम गर्छ’ भनि बिहेको समेत प्रलोभन दिएर करणी गरेको खुलेको खनालले बताए।

प्रकाशित: ११ माघ २०७८ १३:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App