१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

लागूऔषध कारोबारमा संलग्न १० जना पक्राउ

वीरेन्द्रनगर नगरपालिका १० स्थित होटल बुलबुले भ्यू टुको दुई वटा कोठामा र एरिचौकमा लागूऔषधको कारोबारमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वीरेन्द्रनगर –३ का ३० वर्षीय सुमन खत्री, सोही ठाउँका २२ वर्षीय कमल डाँगी, वीरेन्द्रनगर – १ का २५ वर्षीय युवराज ढकाल, वीरेन्द्रनगर –४ का २३ वर्षीय रञ्जित खड्का, २४ वर्षीय सुजन शर्मा, दैलेख नारायण नगरपालिका-८ का २३ वर्षीय दीपक थापा, वडा नम्वर ११ का २९ वर्षीय सागर चन्द र २३ वर्षका क्षितिज शाही, डुंगेश्वर गाउँपालिका –१ दैलेखका २४ वर्षीय डम्वर खड्का र कालिकोट महावै गाउँपालिका –३ का २२ वर्षीय जीवन शाही रहेका छन्। 

उनीहरुको साथबाट ६ सय ३० मि.लि. ग्राम ब्राउन सुगर जस्तो देखीने खैरो धुलो पदार्थ, चरेस र गाँजाको धुलो ३२ ग्रामसहित कर्णाली प्रदेश प्रहरी कार्यालयको लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई लागू औषधसहित पक्राउ गरेको हो। लागू औषधसहित १० जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले बताए।

प्रकाशित: २ माघ २०७८ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App