१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

प्रेस चौतारी नेपाल काठमाडौंको अध्यक्षमा भुसाल चयन

प्रेस चौतारी नेपाल काठमाडौंको पाँचौं अधिवेशनबाट मुकुन्द भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। मंगलबार काठमाडौंमा सम्पन्न भएको अधिवेशनले भुसालको नेतृत्वमा ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा श्रीराम तिवारी, समावेशी उपाध्यक्षमा सुभद्रा धिताल र सचिवमा लक्ष्मण शर्मा चयन भएका छन्। यसैगरि, सह–सचिवमा पुष्पा अधिकारी र जीपी पौडेल चयन भएका छन् भने कोषाध्यक्षमा रामचन्द्र कार्की चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा रामेश्वर ढकाल, श्रीकृष्ण ढकाल, केशव घिमिरे, सुजित पुडासैनी, आशीष केसी, शर्मिला सुवेदी, सावित्री बस्नेत, सावित्री लुईंटेल, विकल सापकोटा, चिलराम भण्डारी र चेतनारायण पण्डित चयन भएका छन्।

यस्तै, राजाराम न्यौपाने, राजेन्द्र तामाङ, सुशील पुरी, जनक पोखरेल, प्रवेश पाण्डे, मेनुका कार्की, मिना अर्याल, रुपचन्द्र महर्जन, रुपा निरौला, विनोद ढकाल, कमल पन्थी, भरत बुढाथोकी, उत्सव बजगाईं, रुपा घिमिरे, सुव्रत मनु, विपिन पोखरेल, मेनुका श्रेष्ठ, सुवास थापा, विनोद दंगाल र राजकुमार सिलवाल चयन भएका छन्।

प्रकाशित: २८ पुस २०७८ १४:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App