१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कोरोना संक्रमण बढ्दै गएपछि बाँके प्रशासनको चार बुँदे आदेश

बाँकेमा पछिल्लो समयमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर बढ्दै बाँके प्रशासनले कडाइ गरेको छ। प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मंगलबार विभिन्न चार बुँदे आदेश जारी गरेका हुन्।

उक्त आदेश अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यकम तथा मेला, महोत्सव आयोजना गर्न रोक लगाइएको छ।

यस्तै सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना नगर्न प्रजिअ खत्रीको आदेशमा भनिएको छ। यसैगरी सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्ध खोप लगाएको कार्ड (मोबाईलमा फोटो भएपनि हुने) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने आदेशमा उल्लेख छ। यो व्यवस्था माघ ७ गते देखि लागु हुने जनाइएको छ।

त्यस्तै आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने,  सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमता भन्दाबढी यात्रु राख्न नपाईने, यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र यात्रु प्रवेश गर्ने ढोकामा स्यानिटाइजर राख्ने र प्रयोगको व्यवस्था गर्ने प्रजिअ खत्रीद्वारा जारी आदेशमा उल्लेख छ।

प्रकाशित: २७ पुस २०७८ १५:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App