१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मनाइयो ७० औं बार स्थापना दिवस

नेपाल बार एसोसिएसनले आज ७०औं स्थापना दिवस मनाएको छ।

बारले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सर्वोच्च अदालतका न्यायाधीशहरू, वरिष्ठ अधिवक्ताहरू, अधिवक्ताहरूको उपस्थितिमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो।

बारको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउत, न्यायाधीशहरू, बारका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रसहित कानुन व्यवसायीहरूले संस्थापकहरूको तस्बिरमा मार्लापण गरेका थिए।

अध्यक्ष मिश्रले स्वतन्त्र न्यायपालिका, कानुनको शासनको कायम हुनुपर्नेमा जोड दिए। कानुनी शासन र मानव अधिकारको रक्षाका लागि नेपाल बार निरन्तर क्रियाशील रहेको उनको भनाइ थियो।

विसं २०१३ पुस ७ गते नेपाल बारको स्थापना भएको थियो।

प्रकाशित: ७ पुस २०८२ १५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App