१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु

कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. २० पानीपियामा विहीबार साँझ भएको दुर्घटनामा दुई जना युवकको मृत्यु भएको छ।

पछिल्लो केही दिनयता शीतलहरसँगै बिहान र साँझ हुस्सु लाग्दा दुर्घटनाका घटना बढिरहेका बेला जंगल क्षेत्रमा बसले मोटरसाइकललाई ठक्कर दिँँदा दुई जनाको मृत्यु भएको हो। ठक्करबाट मृत्यु हुनेमा मोटरसाइकल चालक सखुवासभा खाँदबारी वडा नं.  ७ का २२ वर्षे अबि राई र  मोरङ सुन्दरहरैँचा वडा नं. ५ का  २७ वर्षे सन्तोष राइ रहेका छन्।

दुवै जना गम्भीर घाइते भएकोमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।

को २७ प २१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्र १०२००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको छ। प्रहरीले बस चालक इटहरी वडा नं. ४ का ४४ वर्षे टिकाराम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। पछिल्लो केही दिनयता शीतलहरसँगै हुस्सु बिहान र साँझको समयमा लाग्ने गरेको  छ। प्रायः गरेर पुस र माघ महिनामा लाग्दा वर्षेनी दुर्घटना बढ्ने गरेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसैबीच, बिहीबार मोरङ, सुनसरी, झापा, सोलु र उदयपुरमा भएका दुर्घटनामा परि १२ जना घाइते भएका छन्। यी दुर्घटनाका घटना मोटरसाइकल अनियन्त्रित भएर, मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँँदा र मोटरसाइकल पिकअपमा मोटरसाइकल ठोक्किदा भएको ट्राफिक प्रहरीको रेकर्डमा उल्लेख छ।

प्रकाशित: २३ पुस २०७८ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App