१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

राजमार्गमा जवरजस्ती लुटपाट गर्न खोज्ने ६ जना पक्राउ

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सोनारीको जंगलमा जवरजस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बेलुका ७ बजेको समयमा राजमार्गमा गुड्ने सवारी साधनलाई रोकेर जवरजस्ती पैसा माग्ने दाङ घर बताउने दूर्गा टमटा, सन्तोष पहाडी लगायतका ६ जना युवाको समुहलाई प्रहरीले पक्राउ गरेको अगैया प्रहरी चौकीका ईन्चार्ज खकेन्द्र केसीले जानकारी दिए।

उनीहरु अगैया भन्दा पुर्बतिर सिक्टा, गाभर जंगलमा गाडी रोकेर जवरजस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे एउटा कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले पक्राउ गरेको ईन्चार्ज केसीले बताए। लुटपाट गर्ने समुह बा. १४ च.३३०३ नम्बरको कारमा सवार रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई अगैया प्रहरीले शम्सेरगन्जसम्म पछ्याउँदै गएको थियो।

पक्राउ गरेको सबैलाई थप कारवाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाईएको प्रहरी ईन्चार्ज केसीले जानकारी दिए। ईन्चार्ज केसीका अनुसार लुटपाटमा संलग्न सबै युवाहरु २४र२५ बर्ष उमेर समुहका रहेका छन्।

प्रकाशित: २१ पुस २०७८ ०५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App