१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मृतकको सामूहिक अन्त्येष्टि

बुधबार राति कोठामा आगो बाल्न प्रयोग गरिएको कोइलाका कारण निसासिएर मृत्यु भएका चारजनाको अन्त्येष्टि गरिएको छ। उनीहरुको शुक्रबार नेपालगन्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिएको हो।  

कर्णाली प्रदेश खरिद शाखा तथा आपूर्ति शाखाको क्वाटरमा चारजनाको मृत्यु भएको थियो।  शाखामा कार्यालय  सहयोगी पदमा कार्यरत रहेका मृतक धनप्रसाद भट्टराईसहित उनका ३ वर्षीय छोरा इप्सन भट्टराई, आमा कोपिला भट्टराई र दिदी नन्दकली भट्टराईको सामूहिक अन्त्येष्टि गरिएको आफन्तहरुले जनाएका छन्। उक्त कोठामै निसासिएर गम्भीर घाइते भएका अन्य तीनजनाको भने अवस्था सामान्य छ।  आफन्त लक्ष्मण आचार्यका अनुसार  शुक्रबार मृतक चारजनाको सामूहिक अन्त्येष्टि गरिएको हो।  

भेरी अस्पतालको आइसियूमा उपचाररत अन्य तीनजनाको अवस्था सामान्य रहेको उनले बताए। अस्पतालमा मृतक धनप्रसाद भट्टराईकी श्रीमती शुसिला भट्टराई, उनका जेठा छोरा दिवश भट्टराई र घाइते शुसिलाका देवर नरेन्द्र भट्टराईको अवस्था सामान्य छ।  

घाइतेमध्ये शुसिला सबैसँग बोलचाल गर्न सक्ने अवस्थामा छिन्। उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा पुगेको तर, उपचार भइरहेको उनले जानकारी दिए। घाइतेमध्ये नरेन्द्र भने अझै राम्रोसँग बोल्न सकिरहेका छैनन्। तर उनको स्वास्थ्य अवस्था सुधारात्मक रहेको आफन्त आचार्यले बताए।

प्रकाशित: १६ पुस २०७८ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App