१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चौतारोको साक्षी बर्दिया प्रहरीको सहायता कक्षको नयाँ भवन

गुलरियाको जिप्रका चौक नामाकरणले भर्खरै हाजिर भएका एसपि कार्कीको दिमागमा क्लिक गर्छ। पक्कै चौक नजिक चौतारा थियो होला? मुख्य सडक नेपालगन्ज र गुलरिया सडकखन्डमा बस बिसौैनी थिएन होला र?  

गतन्व्य हिँडेका यात्रुको बिसौनी थलो खै त्यो पनि देख्दैन। पहिला जताततै यात्रु प्रतिक्षालय भन्ने देखिन्थ्यो, बसको प्रतिक्षामा यात्रु देखिन्थे। यतिबेला जताततै सडक छ। केहि बेर अडिने ठाउँ छैन। विगतदेखि यस्तै थियो र? पक्कै थिएन होला? विकास उन्मुख जेठो नगरपालिका गुलरिया त्यस्ता ठाउँ साच्चै अतिक्रमित भएर पुरानो चौतारो  मासिएर गएको  होला।  प्रहरीको तदारुकतामा बिगतको साक्षीका रुपमा चौतारोको लागि योगदन गर्न  सकिन्छ त। जिप्रका बर्दियामा प्रहरी प्रमुख भएर आएको दिनदेखि प्रहरी उपरीक्षक ईश्वर कार्कीको मनमा महिनौं दिनसम्म अनेकन अनेक यस्तै यस्तै सवाल जवाफ गरिरहेका एसपि कार्कीले बताए।

एसपिको कार्यभार सम्हालेको ४ महिना बित्यो। तर पनि त्यस्तो थलो वा चौक खोजीमा गर्दा नभेटिएकोमा दुःखी भए। लामो समयपछि जिप्रका अघि नै चौतारो रहेको थाहा पाउँदा खुसी भएको उनले सुनाए। उनका अनुसार जिप्रका अघिको चौतारो सडककै कारण मासिएको जेष्ठ नागरिकले बताएका थिए। एसपि कार्कीले  गुलरिया नगरपालिका वडानं. ६ को आर्थिक सहयोगमा सुबिधा सम्पन्न भवनलाई चौतारोको रुपमा उभ्याइदिएका छन्।

नगर प्रमुख मुक्तिनाथ यादव, प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनार, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, अध्यक्ष निरज शर्माको उपस्थितिमा प्रमुख अतिथि, विशिष्ट अतिथिबाट संयुक्त रुपमा सुबिधा सम्पन्न सहायता कक्षको भवन  उदघाटन गराएर संचालनमा आएको छ।

एसपि कार्कीको नविनतम योजना अनुरुप छोटो समयमा सुबिधा सम्पन्न सहायता कक्ष निर्माण भएको प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले बताए। जिल्लाको जेठो नगरपालिका गुलरियामा पुर्खाहरुको साक्षीको रुपमा पुस्तकालयसहित सहायतामा निर्माण गर्दा बर्दियाबासी बीचमा आत्मिय भावना साटेको उनले अनुभव सुनाए।

विगत बसाई सम्झने गरी गरी बस बिसौनी बस्ने पाका उमेरका अग्रजका लागि गफ गर्ने थलो, टिभि, पुस्तक वा पत्र पत्रिकाले पढेर ज्ञान साट्ने गरी, फ्रि वाईफाई र प्रहरीको सेवा लिन दुःख पाउने अवस्थालाई चिर्न यस भवन प्रयोगमा ल्याउन जरुरी रहेको उनको ठहर छ।

वडा कार्यालयको  १६ लाख ६८ हजार ६ सय नब्बेको लागतमा तयार भएको सहायता कक्षको भवन सुबिधा सम्पन्न छ।  

प्रकाशित: ११ पुस २०७८ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App