१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

त्रिपुरासुन्दरी नगरपालिकाले गर्‍यो शैक्षिक पाश्र्वचित्र निर्माण

पाँच वर्षे शिक्षा योजना निर्माणको पहिलो मस्यौदा माथि छलफल

शैक्षिक क्षेत्रको गुणस्तरीय विकासको लागि त्रिपुरासुन्दरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पहिलो पटक पञ्च वर्षीय शिक्षा योजना निर्माण गरेर सरोकारवालासँग पहिलो मस्यौदामाथि छलफल गरेको छ।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम र समाज जागरण केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा नगर शिक्षा शाखाले शिक्षामा दख्खल राख्ने शिक्षकहरू सम्मलित समिति निर्माण गरेर नगरको शिक्षा पाश्र्वचित्र निर्माणका साथै पन्च वर्षिय नगर शिक्षा योजनाको मस्यौदा तयार गरेको हो।

नगर क्षेत्रमा रहेका ३१ ओटा विद्यालयको भौतिक शैक्षिक व्यवस्थापन लगायत विद्यार्थी अभिभावक र शिक्षकहररूको अवस्था झल्कने गरी पाश्वचित्र निर्माण कार्यले अन्तिम रुप लिन थालेको साथै नगर शिक्षा नीति निर्माण गरी शैक्षिक गुणस्तर विकासको लागि आगामी पाँच वर्ष सम्मको लागि ०७८ देखि ०८२ सम्मको शैक्षिक मस्यौदा निर्माण गरिएको नगर शिक्षा शाखा प्रमुख भिमबहादुर थापाले बताए।

पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरूको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।

पाश्वचित्रमा उललेख भएका शैक्षिक सुचकले समग्र नगर शिक्षाको अवस्था झल्काउने भएकाले पहिलो शैक्षिक मस्यौदा माथिको सरोकारवाल सँगको छलफलले आवश्यक सुझाव समेटेर मस्यौदाले अन्तिम रुप लिने पनि संयोजक धरालाले बताए।

त्रिपुरासुन्दरी नगरपालिकाकी कार्यवाहक मेयर चन्द्रकुमारी बुढाले नगरले सबैभन्दा पहिलो कदमको रुपमा शिक्षाको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको र दिग्गज शिक्षकहरुको अनुभवबाट निर्माण गरिएको पाश्र्वचित्र र पन्च वर्षिय शैषिक मस्यौदा कार्यपालिकाको टेवलमा आएपछि स्वत कार्यान्वयनमा ल्याइने बताइन्।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका डोल्पा संयोजक रणबहादुर कार्कीले पहिलो छलफलमा ल्याइएको नगरको शैक्षिक मस्यौदा अत्यन्तै राम्रो भएपनि मस्यौदाको मुलभाग मानिने प्रमुख कुरा विद्यालय बालबालिका शिक्षक भौगोलिक अवस्थाको तथ्यांङ्क नदेखिएकाले उक्तकुरा समेट्न सुझाव दिए।

नगर शिक्षा शाखामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका नगर प्रतिनिधि टिकादत्त न्यौपानेले नगर क्षेत्रका सम्पूर्ण विद्यालयमा शैक्षिक सिकाई क्रियाकलापको लागि चाहिने सामाग्रीहरु पूर्ण भएको तर प्रयोगमा कम ल्याइएको तालिममा सिकेका कुराहरु शिक्षकले बालबालिकामा खासै लागु नगरेको विद्यालयको शैक्षिक गुणस्तरको लागि विद्यालय प्रशासकको रुपमा रहेका प्रधानाध्यापकको प्रमुख भूमिका रहने भएकाले प्रधानाध्यापक अझ जिम्मेवार भएर लाग्न अनुरोध गरे।

कार्यक्रममा समाज जागरण केन्द्रका संयोजक खगेन्द्र भण्डारी विभिन्न विद्यालयका प्रधानाध्यापक बालबालिका अभिभावक महिला प्रतिनिधि र संचारकर्मीले मस्यौदा माथिको छलफलमा आआफ्नो धारणाहरु राखेका थिए।

प्रकाशित: ९ पुस २०७८ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App