४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

२१ महिने बालिका हत्या आरोपमा २ जना पक्राउ

मोरङको रंगेली नगरपालिकाबाट एक जना बालिकाको हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

बालिकाको हत्या आरोपमा रंगेली–२ नहर टोलका ४६ वर्षीय सैनी उराव र ३५ वर्षीया संगीता उरावलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। घटना भएको एक सातापछि प्रहरीले २१ महिने बालिकाको हत्या आरोपमा २ जनालाई पक्राउ गरेको हो।  

नहर टोलकै चन्द्र उरावकी २१ महिने छोरी युनिसा मंसिर २६ गते बेपत्ता भएकी थिइन्। छोरी बेपत्ता भएपछि घरपरिवार र आफन्तसहितले खोजी कार्य गरेका थिए। खोजी गर्ने क्रममा बेपत्ता भएको २ दिनपछि मंसिर २८ गते घर नजिकै रहेको पैनीमा खाडल देखेपछि खन्दा बालिकाको शव गाडिएको अवस्था भेटिएको थियो। घरदेखि करिब ६० मिटर पर खाल्डोमा बालिकालाई गाडिएको अवस्थामा शव फेला परेको डिएसपी श्रेष्ठले जानकारी दिए।      

बालिकाको हत्या गरी खाल्डोमा गाडेको घटनाको प्रारम्भिक अनुसन्धानबाट हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७८ १४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App