किरात समुदायको महान पर्व साकेला उधौली आइतबार विराटनगरमा मनाएका छन्।
विराटनगर महानगरपालिका–११ स्थित सकेला थानमा किरात समुदायहरुले साकेला उधौली (छिरीनाम) ५०८१ विभिन्न कार्यक्रमको आयोजना गरी मनाए। सो अवसरमा थानमा पूजाआजा, मिष्ठान भोजन खानुका साथै शुभकामना आदनप्रदान गर्दै आफ्नो जातीय भेषभूषामा सजिएका युवायुवतीले ढोलको तालमा नृत्यु प्रस्तुत गरेका थिए।
किरात धर्म संस्कार अनुसार जाडो अर्थात् मंसिरे पूर्णिमामा साकेला उधौली र गर्मी अर्थात् वैशाख पूर्णिमामा उभौली पर्व मनाउने चलन रहिआएको छ।
विराटनगर–११ स्थित सकेला थानमा किरात समुदायहरु साकेला उधौलीका अवसरमा नृत्यु प्रस्तुत गर्दै:
प्रकाशित: ४ पुस २०७८ १४:२५ आइतबार