coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काठमाडौंको एसएसपीमा गिरी

काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी आएका छन्। यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएकाले गिरीले महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आएका हुन्।

उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। गिरी प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोबाट परिसरको नेतृत्व लिन आएका हुन्। भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहनेछन्।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ। हालका प्रमुख (एसएसपी) राजेश वास्तोला लामो बिदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिए।

प्रकाशित: २ पुस २०७८ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App