२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगरकोट सडकविरुद्ध आन्दोलनको घोषणा

भक्तपुरको नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ। नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी पुस ७ गतेदेखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।  

पुस ७ गते सडक निर्माण कार्य अलपत्र पर्नुका कारणका विषयमा सरोकारवालाहरुसँंगको अन्तरक्रिया, पुस ११ गते जिल्ला प्रशाशन कार्यालय भक्तपुर घेराउ र पुस १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय काठमाडौं घेराउ कार्यक्रम सार्वजनिक गरेको हो।

नगरपालिकाका प्रमुख सोम मिश्रले यतिले पनि सुनुवाई नभए ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतीघर मण्डलामा धर्ना कार्यक्रम र अरनिको राजमार्ग चक्का जाम गर्ने कार्यक्रम पनि तय गरेको जानकारी गराए। पछिल्लो कार्यक्रमको मिति भने तय गरिएको छैन।

माथिल्लो कार्यक्रमसँगै माग सुनुवाई भए थप आन्दोलन गर्नु आवश्यक नरहेकोले अहिलेलाई मिति घोषणा नगरिएको मेयर मिश्रले बताए। साथै सरोकारवालाहरुसँंगको छलफलपछि त्यस अनुसार मिति तोक्नुपर्ने भएकोले पनि पछिल्लो आन्दोलनको कार्यक्रमको मिति घोषणा नगरिएको मेयर मिश्रले जानकारी गराए।  

मेयर मिश्रले यो ठेकेदारले काम गर्ने विश्वास नभएकोले ठेक्का तोड्नुपर्ने माग राखे। ठेक्का तोडेर नगरपालिकालाई सुम्पे नगरपालिकाबाट सडक बनाइदिने उनले प्रतिवद्धता जनाए।

भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने सडक २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरी ठक्का भएको थियो। तर सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने आठ वर्ष बितेपनि सडक अहिलेसम्म पनि अलपत्र नै छ।

निर्धारित मितिमा काम नसकेपछि सरकारले पटकपटक गरी सात पटक म्याद थप गरिसकेको छ। पछिल्लो पटक भाद्र ३ गतेको मन्त्रिपरिषद्को बैठकलाई आधार मानी असोज २८ गते यो आयोजनाको म्याद सडक सम्पन्न गर्नुपर्ने अवधिलाई चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाइयो। 

प्रकाशित: २ पुस २०७८ ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App