१६ चैत्र २०८० शुक्रबार
समाज

दुई पुरुषको मृत्यु

फरक प्रकृतिको दुई घटनामा सर्लाही र रौतहटमा गरी दुई पुरुषको मृत्यु भएको छ।

सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित बागबानी पुलनजिकै पूर्व–पश्चिम राजमार्गमा बसले ठक्कर दिँदा घाइते भएका रामेछाप जिल्लाका ३५ वर्षीय राजेश घिमिरेको उपचारको क्रममा मृत्यु भएको छ।

ना ५ ख १४९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको लु ७७ प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलका चालक घिमिरेको उपचारको क्रममा वीरगंजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसैबीच रौतहट सदरमुकाम गौरस्थित शिवालय मन्दिर नजिकको पोखरीमा एक युवकको शव फेला परेको छ। पानीमा शव देखा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका छन्। घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २८ मंसिर २०७८ १२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App