coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीमा बालिकामाथि सामूहिक बलात्कार

सर्लाहीमा बालिकामाथि सामूहिक बलात्कार भएको छ। सर्लाहीको बलरामा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको हो।

घरबाट दाउरा खोज्न घरबाहिर गएको समयमा चार जना युवकले बालिकामाथि जबरजस्ती करणी गरेका हुन्। करणी गरेका चारमध्ये दुई जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको बलरा नगरपालिका ४ की बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको स्थानीयले बताएका छन्। चार जनाले बलात्कार गरेको भए पनि सर्लाही प्रहरीले दुई जनालाई मात्र पक्राउ गरेको स्थानीयको आरोप छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि कृष्ण प्रसाईँले घटनाको बारेमा अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। एसपि प्रसाईँले घटनामा परेकी किशोरीलाई मेडिकल गराउन पठाएको र रिपोर्ट आउन बाँकी रहेको बताउँदै घटनाको बारेमा प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।

पक्राउ परेका दुई जनाको पहिचान सार्वजनिक गर्न अस्वीकार गरेका एसपि प्रसाईँले घटनाबारे विस्तृत विवरण अनुसन्धानको एउटा चरण पूरा भएपछि जानकारी गराउने स्पष्ट पारेका छन्।

प्रकाशित: २० मंसिर २०७८ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App