१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

लमजुङमा मोटरसाइकलको ठक्करबाट ६८ वर्षीया वृद्धाको मृत्यु

लमजुङको राइनास नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा राइनास नगरपालिका–६, स्याउली बस्ने ६८ वर्षीया माइतीकुमारी तामाङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

सोमबार दिउँसो करिब ३:४० बजे सातबिसेबाट धमिलिकुवातर्फ जाँदै गरेको ना ४८ प ३०७७ नम्बरको मोटरसाइकलले राइनास–६ स्थित ढलेबर चोकमा पैदलयात्री तामाङलाई ठक्कर दिएको थियो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी तामाङलाई तत्काल उद्धार गरी उपचारका लागि सहोदर सामुदायिक अस्पताल, धमिलिकुवा लगिएको थियो।

तर, अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अभिषेक पाण्डेले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली खटिई ठक्कर दिने मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ मंसिर २०८२ १८:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App