५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

उदयपुरमा ट्याक्टर दुर्घटना: १ जनाको निधन, दर्जन घाईते

घाईते चालकको उपचार गर्दै उदयपुर अस्पतालका स्वास्थ्यकर्मी। तस्बिर: महेश्वर/नागरिक

बिहीबार विहान उदयपुरगढी गाउँपालिका ७ दनुवारबेँसीमा ट्याक्टर दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डको नेपालटार पुलनेर नं. नखुलेको ट्याक्टर पल्टेर दुर्घटना हुँदा नाम नखुलेका एक सदाको निधन भएको प्रहरीले जनाएको छ।  

मृतक त्रियुगा नगरपालिका ९ गहिरुनको भएको बताइएको छ। सगरमाथा निर्माण सेवा गाईघाटले ताप्ली गाउँपालिका भवनको ढलान गर्न सदरमुकामबाट कामदार जनशक्ति लिएर जाँदै गरेको दुई ट्याक्टरमध्ये एउटा दुर्घटनामा पर्दा दर्जन हाराहारी घाईते भएका छन्। घाईतेमध्ये त्रियुगा नगरपालिका १० बोक्सेका अन्दाजी ३५ वर्षीय दिवस सार्की र एक युवति गम्भीर घाईते छन्।  

उनीहरुलाई प्रारम्भिक उपचारपछि धरान पठाउने तयारी भईरकहेको जिल्ला अस्पतालले जनाएको छ। त्यस्तै अन्य सामान्य घाईतेहरु नेपालटारमै प्राथमिक उपचारपछि सदरमुकाम ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  

दुर्घटनामा मृतक सदा नायके भएकाले कामदारहरुको ठूलो संख्या र आफन्तजनको अस्पताल परिसरमा रुवावासी चलिरहेको छ। दुर्घटनामा के कति घाईते भए भन्ने यकिन बिबरण नआईसकेको प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराले बताएका छन्।

प्रकाशित: २ मंसिर २०७८ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App