३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

सवारी दुर्घटना ६ जना घाइते

शनिबार साँझमा मोरङको लेटाङ नगरपालिका–६ भुवा खोलामा भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

मोरङ प्रहरीका अनुसार लेटाङबाट वारङ्गी जाँदै गरेको को २ च ९४७ नम्बरको बलेरो गाडी ‘ब्रेक फेल’ भई पौने ८ बजेतिर दुर्घटनामा भएको हो। दुर्घटनामा परी लेटाङ–७ की २९ वर्षीया खगेन्द्रकुमारी लिम्बू, २७ वर्षीय रत्नकुमार लिम्बू, ४८ वर्षीया दिलमाया लिम्बू, १९ वर्षीया सुष्मा लिम्बू, ३९ वर्षीया देवी सुब्बा र १९ वर्षीय वीरेन्द्र लिम्बू घाइते भएको प्रहरीले जनाएको छ।

सवारी दुर्घटनामा घाइते भएकाहरुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। कच्ची सडक र ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। गाडी चालक लेटाङ–३ का २७ वर्षीय धनबहादुर मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ कार्तिक २०७८ ०३:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App