१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

‘प्रत्येक बच्चा फरक हुन्छन्’

अटिजम भएका प्रत्येक बच्चाको फरक स्वभाव हुने भएकाले सबैमा एउटै उपचारविधि उपयुक्त नहुने डा. स्मिता अवस्थीले बताएकी छिन्। अवानी फाउन्डेसनको आयोजनामा बुधबार राजधानीमा आयोजित ‘एबिए फर अटिजम’ कार्यक्रममा उनले यस्तो बताएकी हुन्।  

‘बच्चाहरू फरक–फरक स्वावाभका हुन्छन्,’ उनले भनिन्, ‘एउटै उपचारविधिले सबै बच्चालाई काम गर्छ भन्ने छैन।’ बच्चाको सिकाइलाई टेबुल र चेयरमा मात्र सीमित नराखी बच्चासँगै खेल्दै रमाउँदै जहाँ पनि सिकाउन सकिने उनको अनुभव छ। बच्चामा सुधार ल्याउन नसकिने उपचार विधि जति सुकै ठूलो भए पनि राम्रो नहुने उनले बताइन्। ‘कसरी हुन्छ, बच्चाको अवस्थालाई सुधार गर्ने हाम्रो लक्ष्य हो,’ उनले भनिन्, ‘कसरी बच्चालाई चाँडो सिकाउन सकिन्छ, त्यही नै राम्रो विधि हुनेछ।’

नेपालमा पनि अटिजमको समस्या बढ्दै गएको अवानी फाउन्डेसनका ज्ञानेन्द्र प्रधानले जानकारी दिए। बालबालिकामा समस्या भए पनि अभिभावकले लुकाउने गरेकाले समस्या थपिएको उनको बुझाइ छ। ‘बेलैमा उपचार गरे यो ठुलो समस्या होइन,’ प्रधानले भने, ‘रोग लुकाउँदैमा समय गुम्ने भएकाले समस्या बढ्ने गरेको छ।’ पछिल्लो समय नेपालमा पनि अटिजमको समस्या बढ्दै गएको अवानी प्रधानले जानकारी दिए। ‘हामीले कसरी हुन्छ यस्ता समस्याको निराकरणका लागि पहल गरेका छौं,’ उनले भने, ‘यसमा सबै पक्षको सहयोगको उत्तिकै खाँचो छ।’

कार्यक्रममा अटिजम भएका बालबालिकाका अभिभावक तथा विभिन्न क्षेत्रमा काम गर्ने शिक्षकशिक्षिकाको उपस्थिति थियो। ‘यहाँबाट फैलिएको सन्देश सबैतिर जाओस् भन्ने हाम्रो चाहना हो,’ प्रधानले सुनाए, ‘यसले बालबालिकामा रहेको समस्यामा केही राहत पुग्नेछ भन्ने विश्वास लिएका छौं।’

प्रकाशित: २८ कार्तिक २०७८ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App