१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नक्कली लालपुर्जा बनाएर कुमारी बैंककै कर्माचारीको मिलेमतोमा १९ करोडको ठगी

गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली लालपुर्जा बनाएर बैंकबाट १९ करोड रुपैँया झिकेको खुलासा भएको छ। बाराको विश्रामपुरस्थित अमात्यको १२ बिघा जग्गा डेनियल ट्रेडिङ नामको कम्पनीलाई बिक्री गरेको देखाएर नक्कली कागजपत्र बनाइ ऋण लिएको खुलेको हो। कुमारी बैंकबाट बैंकका कर्मचारीको मिलोमत्तोमा १९ करोड रुपैँया लिएको खुलेको छ।

रूपैँया ठगी गरेको अभियोगमा कुमारी बैंकका कर्मचारीसहित चार जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मूल्यांकनकर्ता राजेश्वर चौरसिया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन छन्।

गौतम र महर्जन बेनियल ट्रेडिङ कम्पनी कोटेश्वरका सञ्चालक हुन्। उनीहरूमध्ये तीन जनालाई केही दिनअघि केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको थियो। चौरसियालाई भने प्रहरीले मंगलबार पक्राउ गरेको हो। कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट ठाकुरसहितको मिलेमतोमा उक्त जग्गाको नक्कली लालपूर्जा बनाएर बैंकको न्यूरोड शाखाबाट रकम निकालेको पत्ता लागेपछि चार जनालाई पक्राउ गरिएको हो।

प्रकाशित: २४ कार्तिक २०७८ ०६:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App