६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दुर्घटनामा दुई जनाको मृत्यु

मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। विराटनगर–रंगेली सडक खण्डअन्तर्गत धनपालथान गाउँपालिका–३ मोरियापुलमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा साइकलको पछाडि सवार रंगेली नगरपालिका–३ की २८ वर्षीय रेखा पासवान रहेकी छन्। बुधबार पश्चिम (विराटनगर)बाट पूर्वतर्फ जाँदै गरेको प्र १–०४–००१ ख ००२२ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा रेखा र उनकै श्रीमान ३१ वर्षीय उमेश पासवान घाइते भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउन साथ रेखाको मृत्यु प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राई जानकारी दिए। उमेशको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ भने चालक फरार रहेकोले खोजतालस भइरहेको प्रहरीले जनाएको छ।  

त्यसैगरी, रंगेली नगरपालिका–८ दर्वेशा चोकमा ट्रकको ठक्करबाट १ जना पदैल यात्रीको मृत्युको भएको छ। मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय शनि राजवंशी रहेका छन्। दक्षिणतर्फ आउँदै गरेको मे १ ख २२९१ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा घाइते भएका राजवंशीको उपचारका लागि रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाउँपालिका–६ का ३२ वर्षीय जितेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको जनाएको छ। 

प्रकाशित: १८ कार्तिक २०७८ १२:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App