२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कानून व्यवसायीद्वारा कालोपट्टी बाँधेर प्रदर्शन सुरु

नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरु कालोपट्टी बाँधेर प्रदर्शन सुरु गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै उनीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्।  

उनीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनलाई लक्षित गरी सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।  

बार एशोसिएसनले आज बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम आयोजना गरेको हो। विरोधको यो कार्यक्रम आजदेखि तीन दिनसम्म हुने एशोसिएसनले जनाएको छ।

प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको थियो।

प्रकाशित: १४ कार्तिक २०७८ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App