२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मोटरसाइकल पछाडि सवारको मृत्यु

भक्तपुरको नगरकोट सडक अन्तर्गत यति कार्पेट नजिक भएको दुर्घटनामा मोटरसाइकल पछाडि सवार एकजना युवकको मृत्यु भएको छ। दुर्घटनामा भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङ बस्ने बर्ष २० को सुरज तामाङको मृत्यु भएको हो। 

व्यासीबाट सल्लाघारीतर्फ जाँदै गरेको प्रदेश नं ३–०२–०१७ प ७९४२ नं को मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३–०१–००३ क. ५०६५ नं. को मिनी ट्रकसंग ठोकिई दुर्घटना हुँदा मोटरसाईकल पछाडि सवार सुरज गम्भीर घाइते भएका थिए।  

घाइते सुरजलाई भक्तपुर अस्पताल लगिएको थियो। प्राथमिक उपचार पश्चात ट्रमा सेन्टर काठमाडौँ रिफर गरिएकोमा थप उपचारको अन्नपूर्ण न्यूरो अस्तपालमा गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए। हाल उनको लाश पोष्ट मार्टमको लागि टिचिङ अस्पतालमा राखिएको जनाइएको छ।

दुर्घटित दुबै सवारी साधनसहित मोटरसाइकल चालक भक्तपुर जिल्ला चाँगुनारायण न.पा. वडा नं. ५ छालिङ बस्ने वर्ष १९ को महेश्वर खड्कालाई सामान्य चोटपटक भएकोमा उपचार पश्चात डिस्चार्ज भएको र मिनी ट्रक चालक भक्तपुर जिल्ला भक्तपुर न.पा.वडा नं. १० कमलविनायक महालक्ष्मी बस्ने बर्ष ३३ को लक्ष्मीप्रसाद दुवाललाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ। असावधानिपूर्वक सवारी साधन चलाउदा दुर्घटना हुन गएको जनाइएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App