८ वैशाख २०८१ शनिबार
समाज

दुई लाख मूल्य बराबरकाे अवैध सालको काठ बरामद

कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर १ छपिया स्थित पोखरीमा ल्काईएको २ लाख बढी मूल्यका सालको काठ बरामद गरिएको छ। प्रहरीले स्थानीय चिरकुट केवटको पोखरीमा बेवारिसे अवस्थामा सो काठ बरामद गरेको हो।

काठ गोलिया ९(नौ) थान (४८ क्युफिट) अंदाजी मूल्य २ लाखको काठ बरामद भएको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए। सुराकीका आधारमा  प्रहरी टोलीले खानतलासी लिँदा सो काठ पोखरीमा लुकाई रहेको अवस्थामा फेला पारिएको उनले बताए। बरामद गरिएको काठ डिभिजन वन कार्यालय कपिलवस्तु पठाइएको उनले बताए।

उता कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय राधेश्याम रैदाससहित ३ जनालाई ९ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। साेहीक्रममा ७ क्याप्सुल नियन्त्रित लागुऔषध स्पास्मोसहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो। लागुऔषधको कारोवार भईरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीले बताए।

प्रहरीले उनको घर तलासी गर्दा पलाष्टिकमा लुकाइ राखेको अवस्थामा उक्त लागुऔषध फेला पारेका थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको भन्डारीले बताए।

प्रकाशित: ४ कार्तिक २०७८ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App