१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

रुबी खानलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई आज (बिहीबार) नै थुनामुक्त गर्न आदेश दिएको छ। साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ।

अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको बताएको छ। दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आएको थियो। तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पुर्‍यायो र बनिबनाउ फर्जी आरोप लगायो।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ। साथै उनलाई थुनामुक्त गरेपछि पनि तत्काल पक्राउ गर्ने वा उनको वैयक्तिक स्वतन्त्रतामा असर पुग्ने कुनै कार्य नगर्न पनि सर्वोच्चले प्रहरीलाई आदेश दिएको छ।

प्रकाशित: २८ आश्विन २०७८ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App