१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुगु बस दुर्घटनाः मृतक संख्या ३२ पुग्यो

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँ९सातमोड०मा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने संख्या ३२ पुगेको छ। नेपालगन्जमा उपचारको क्रममा  चारसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको गरेको भे १ ख ३१३६ नंम्बरको बस मंगलबार दिउँसो साढे १२ बजे दुर्घटना भएको हो। अन्य घाइतेहरुको नेपालगन्जमा उपचार भइरहेको छ।  

बसको टायर पन्चड हुँदा बस सडकदेखि दुई सय मिटर तल खसेको प्रमुख जिल्ला अधिकारी रोम महतले जानकारी दिए।

यो पनि पढ्नुहोस्

मुगुमा जिप दुर्घटनाः एकको मृत्यु, ६ जना घाइते

यो पनि पढ्नुहोस्

मुगु बस दुर्घटनाः घाइतेलाई उपचारका लागि बाँके पुर्‍याइयो

प्रकाशित: २६ आश्विन २०७८ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App