coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कारले ठक्कर दिँदा बालिकाको मृत्यु

कारको ठक्करबाट बाँकेको कुसुममा एक बालिकाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ठक्कर दिँदा बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (चप्परगौडी) निवासी ११ वर्षीया बालिका मेनुका बिकको मृत्यु भएको हो।  

कारले शनिबार मध्यान्ह साढे १२ बजेतिर बाटोको छेउमा उभिएकी बालिकालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि लगिएकोमा दिउँसो २ः३० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेको सञ्चार शाखाले जनाएको छ।

बालिकाको मृत्यु भएपछि स्थानीय बासिन्दाले केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीय बासिन्दाले दिउँसो ३ बजेबाट अवरुद्ध पारेको राजमार्ग अपरान्ह ४ बजेर १० मिनेटमा खुलेको जिप्रकाले जनाएको छ। 

चालकलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेका थिए। ठक्कर दिने कारलाई प्रहरीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय कुसुमका इन्जार्ज प्रहरी नायव निरीक्षक(सई) शरण भण्डारीले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०७८ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App