१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

एक झोला सकेट बम भेटियो

सुर्खेत– रानीबास—५ पुग्मको थिम्केरुखती टोलको कुवानजिकै एक झोला सकेट बम फेला परेको छ। कुवा वरपर रहेको सिस्नो फाँड्ने क्रममा स्थानीयले बम फेला पारेको प्रहरीले जनाएको छ।
मटेला प्रहरी चौकीका इन्चार्ज सुन्दरसिंह बोहराका अनुसार कुहिएको झोलामा २०/२५ वटा सकेट बम छन्। बम फेला परेको स्थानलाई प्रहरीले अहिले सुरक्षा दिइरहेको छ। उनका अनुसार स्थानीय दीलबहादुर रोकायले बमबारे खबर गरेका थिए। सशस्त्र द्वन्द्वका बेला तत्कालीन विद्रोही माओवादीले छोडेर गएको हुनसक्ने प्रहरीको आशंका छ। जिल्ला प्रहरी कार्यालयले बम डिस्पोजका लागि नेपाली सेनालाई खबर गरिएको जनाएको छ।

प्रकाशित: २२ श्रावण २०७१ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App