११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

शंकास्पद वन्यजन्तुको अंग बरामद

भारतको जोगबनीबाट रानी नाका हुँदै नेपाल प्रवेश गर्दै गरेको एउटा गाडीबाट सशस्त्र प्रहरीले वन्यजन्तुको अंग जस्तै देखिने वस्तु बरामद गरेको छ।  

कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा जस्तो देखिने वस्तु विराटनगर भन्सारको २ नम्बर ढाटबाट सोमबार राति ८ बजेतिर बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले नेपाल प्रवेश गरेको को २ च ९६४८ नम्बरको मारुती भेनको डिक्कीमा वन्यजन्तुको अंग जस्तो देखिने वस्तु राखेर ल्याउँदै गर्दा पक्राउ गरेको हो।  

नेपाल प्रवेश गरेको गाडीलाई चेक गर्ने क्रममा उक्त वस्तु फेला परेको र फेला परेको वस्तुको थप अनुसन्धान अघि बढाएको एसपी पौडेलले बताए। ‘प्रहरीले रोकेर गाडी जाँच गर्न थालेपछि चालक फरार भयो,’ एसपी पौडेलले भने, ‘गाडी जाँच गर्न थालेपछि पक्राउ पर्ने डरले चालक भागेको हो। गाडीबाट कछुवाको ढाडको हड्डी जस्तो देखिने २८ वटा र वन्यजन्तुको नली खुट्टा जस्तो देखिने वस्तु १० वटा भेटिएको छ।’  

गाडी धनीको परिचय खुल्न सकेको छैन। बरामद भएको वस्तुको यकीन पहिचान हामीबाट नभएपछि सम्बन्धित वन कार्यालयलाई पहिचान गर्न भने पनि पहिचान खुलाउन सकेनन्। उक्त वस्तुको पहिचानका लागि वन्यजन्तु विज्ञ र वन कार्यालयलाई बरामद गरिएको वस्तु पठाएको एसपी पौडेलले बताए।  

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत परमेश्वर पासवानले सशस्त्र प्रहरीले बरामद गरेको वस्तु ठ््याकै यही हो सकिएन। बरामद भएको वस्तु हेर्दा वन्यजन्तुको अंग जस्तो देखिए पनि मान्छेकै खप्परको हड्डी जस्तो पनि देखिन्छ। उक्त वस्तुको वास्तविकता थाहा पाउन परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएर मात्रै थाहा हुन्छ, पासवाले भने।  

प्रकाशित: १९ आश्विन २०७८ ११:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App