५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

५१५ जना कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

सुनसरीमा विभिन्न समयमा जघन्य अपराधका मुद्दामा कैद सजाय तोकिएर फरार रहेका ५१५ जना पक्राउ परेका छन्। अढाई महिनाको अवधिमा प्रहरीले यति ठूलो संख्यामा फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई कैद सजायका लागि झुम्का कारागार चलान गरिएको छ।

अदालतको फैसलाबाट जरिवाना वा कैद तोकिए पनि सजाय भुक्तान नगरी फरार रहेकालाई चालू आर्थिक वर्षको सुरुवात साउनदेखि अभियानकै रुपमा पक्राउ थालेकोमा सफलता मिलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीको रेकर्डअनुसार पक्राउ परेकामध्ये १८ वर्ष  अगाडि मुद्दा फैसला भई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका प्रतिवादीसमेत पक्राउ परेका छन्।

प्रहरीले कर्तव्य ज्यान, जवरजस्ती करणी, चोरी, डाका, किर्ते जालसाजी, अपहरण, लागुऔषध, मानव वेचविखन, अभद्र व्यवहार, भ्रष्टचार, चेक अनादरलगायतका मुद्दामा  फैसला भइ जिल्ला अदालत सुनसरीको अभिलेखमा फरारी कायम रहेकालाई विशेष अभियान सञ्चालन गरि पक्राउ गरिएको हो।

पक्राउ पर्नेबाट १०७ वर्ष ९ महिना १२ दिन कैद सजाय र १९ लाख दश हजार ४५ रुपैयाँ  जरिवाना असुल भएको छ। सुनसरी प्रहरीले अपराधिक मनोवृत्तिलाई निरूत्साहित पार्दै दण्डहीनताको अन्त्य गरी समाजमा शान्ति व्यवस्था कायम गराई पीडितलाई न्यायको अनुभूती दिलाउदै फरार प्रतिवादीलाई पक्राउ अभियान थालेको जनाएको छ। 

प्रकाशित: १५ आश्विन २०७८ १०:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App