१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटको जंगलमा चार वटा बाघ

रौतहटको जंगलमा चारवटा बाघ रहेको पुष्टि भएको छ। जंगल पातलिएको र बाघको डर नभएको भनिएको रौतहटमा बाघ गणनाको क्रममा चारवटा बाघ रहेको पुष्टि भएको सम्बन्धित निकायले जनाएको छ।  

राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइट अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटको सहकार्यमा रौतहटको वनमा गरिएको आधिकारिक गणनाको क्रममा चारवटा वयस्क बाघ फेला परेको पुष्टि भएको भएको हो। जिल्लाको विभिन्न १७ ठाउँमा बाघको आवतजावत गर्ने वन क्षेत्रमा क्यामरा ट्रयापिङ गरी एक वर्षसम्म बाघ गणना गरिएको थियो। रौतहटको धनसर खोलापूर्व, बागमती नदी पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिमरी, नुनथर लगायतको क्षेत्रमा क्यामरा जडान गरेर एक वर्षसम्म बाघको आवतजावतको निगरानी गरिएको थियो। प्रत्येक पाँच किलोमिटरमा वन क्षेत्रभित्र दुईवटा र बाघको आवतजावत हुने सम्भावित स्थानमा चारवटा क्यामरा जडान गरेर बाघको गणना गत वर्षदेखि सुरु गरिएको थियो। गत वर्ष वृन्दावन नगरपालिकानजिकको वन क्षेत्रमा सिसिक्यामरामा बाघ देखिएको थियो।

समय समयमा रौतहटको वनमा चौपाया तथा मानिसमाथि बाघले आक्रमण गर्ने गरेको छ। केही महिना पहिले चन्द्रपुर ६ को एक युवकलाई बाघले आक्रमण गरेर मृत्यु भएको थियो। पछिल्लो केही महिनामा बाघको आक्रमणमा अन्य मानिस पनि घाइते भएका थिए।

बेला बेलामा रौतहटको वन क्षेत्रमा बाघ देखिने गरेको स्थानीयले बताउँदै आएको भए पनि सम्बन्धित निकायले आधिकारिक दिएको यो पहिलो पटक हो। रौतहटको वनमा देखिएको बाघ पर्सा राष्ट्रिय निकुञ्जबाटै आएको हुनुपर्ने निकुञ्जको दाबी रहेको छ।

प्रकाशित: १४ आश्विन २०७८ ११:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App