६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

साना लगानीका मिडियालाई निशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन्। मंगलवार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका हुन्।

उनले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिँदै भने, ‘सञ्चार माध्यमलाई पनि सञ्चार प्रविधिको विकास र सहुलीयत जरुरी छ। खासगरी साना लगानीका मिडियालाई। साना लगानीका मिडिया अब राज्यले विशेष रुपले नहेर्ने हो भने टिक्न पनि गाह्रो छ। यस्ता साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको सुविधा व्यवस्था गर्न सक्छ कि सक्दैन? मलाई लाग्छ यस्ता मिडिया बचाउनका लागि निशुल्क इन्टरनेट सुविधा भइदियो भने केही राहत हुन्छ।’

अध्यक्ष बस्नेतले अनलाईन, युट्युव जस्ता नयाँ मिडियालाई अधिकतम उपयोग गर्न र जनताको पक्षमा सुचना प्रवाह गर्नतर्फ ध्यान केन्द्रीत हुनुपर्ने बताए। 

प्रकाशित: १२ आश्विन २०७८ १३:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App