१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बोक्सीको आरोपमा धामीको हत्या, तीन जना पक्राउ

धामी हत्या घटनाका अभियुत्त सार्वजनिक गर्दै रौतहट प्रहरी । तस्बिरः मदन/रौतहट

रौतहटमा बोक्सी आरोमा दुई साता अघि एक धामीको हत्या भएको घटना प्रकाशमा आएको छ। करिब १८ वर्षअघिको रिसिइबी साँध्न बोक्सीको आरोप लगाउने एक धामीलाई हत्या गरेको रहस्य सार्वजनिक भएको छ। धामीको हत्यामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।  

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी चन्द्रपुर नगरपालिका वडा नम्वर ३ गैडाटार गाछी टोलका ५० वर्षीय रोहिनीप्रसाद घोरसैनीलाई पुरानो रिसिइबीका कारण बोक्सी आरोपमा हत्या भएको जनाएको छ।  

गत भदौ २६ गते दिउँसो साढे ४ बजेको समयमा गैडाटार स्थित कालापानी सामुदायिक वन अन्तर्गतको जंगलको झाडीमा पिरपिरे रुखको हाँगामा गम्छाको पासोमा झुण्डिएको अवस्थामा घोरासाइनिको शव फेला परेको थियो।

पासो लगाएर झुण्ड्याइएको अवस्थामा फेला परेको शवको प्रकृतिले आत्महत्या जस्तो नै लागेको थियो। प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि चन्द्रपुर अस्पताल हुँदै काठमाडौंमा पुर्याएपछि चिकित्सकले घटना शंकास्पद भएको र उनको आत्महत्या नभई हत्या भएको बताएपछि रौतहट प्रहरीले विभिन्न तरिकाले अनुसन्धान प्रकृया अगाडि बढाउँदै जाँदा धामीझाँक्रीको आरोपमा घोरासाइनिको हत्या भएको पुष्टी भयो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलाराज लामिछानेको नेतृत्वमा घटनाको विषयमा गहन रुपमा अनुसन्धान गर्दै जाँदा २०६३ सालमा चन्द्रपुर नपा ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोल्खेको घरमा बोक्सी लगाउँदा घरका सदस्यहरु बिरामी परेपछि धामी घोरासैनीलाई मार्ने जालो बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  

घोरासैनीलाई मार्न बोल्खेको योजनामा तत्कालिन विप्लव माओवादीका नेता प्रलहाद फुर्याल, सिंधुली जिल्ला पिपलमाडी घर भई हाल पर्सा जिल्लाको पर्सा गढी नपा ३ सृजना टोल बस्ने वर्ष २४ बो रमेश पहरी र नवलपरासी जिल्ला पूर्वी कावासोती नपा ८ का २३ वर्षीय सुर्यबहादुर भण्डारीको मिलोमतोमा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो। घटनाका योजनाकार बाहेक तीनजना अभियुत्तलाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताए।  

मुख्य योजनाकार बोल्खे बाहेक अन्य तीनजनालाई पक्राउ परेकाहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिँदै एसपी घिमिरेले १८ वर्ष अघिको रिसिइवी साँध्न बोल्खले विप्लव माओवादीका फुर्यालको सहकार्यमा ३ लाख दिएर घोरसैनीको हत्या गर्ने डिल पक्का गरियो। डिल भएवापतको रकम मध्ये ४० हजार नगद र पटक पटक गरी १३५ हजार आइएमइबाट दिएपछि चारै जना मिलेर हत्या गरेर आत्महत्या बनाएर घटनालाई अन्तै मोड दिने कोशिस गरिएको कार्यलाई रौतहट प्रहरीको सुक्ष्म अनुसन्धानबाट सफल भएको एसपी घिमिरले बताए।

हत्या योजनाका मुख्य अभियुत्त बोल्खे फरार छन्। उनलाई पक्राउ गर्न प्रहरीले व्यापक रुपमा खोजी कार्य जारी रहेको बताए।  

मृतक घोरसैनीका बुवा भिमप्रसाद घोरसैनी पनि धामी झाक्री हुँदा खेरी नै बोल्खेको घरमा घरका सदस्यहरु बिरामी पर्दा तत्कालीन समयमा पनि घोरसैनी परिवारमाथि आक्रमण गरि गम्भीर घाइते बनाइएका थिए। उक्त घटना स्थानीयले गाउँमा समन्वय गरेर मिलापत्र गराएको थियो। सोही रिसिइवीको कारण योजनाबद्ध तवरबाट घोरसैनीको हत्या भएको रौतहट प्रहरीको एसपी घिमिरेले दावी गरेका छन्।

प्रकाशित: ११ आश्विन २०७८ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App