८ वैशाख २०८१ शनिबार
समाज

कमलपोखरी पुनर्निर्माणको काम ९५ प्रतिशत सम्पन्न

पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरी । तस्बिर : अर्विन्द्रमान सिंह/नागरिक

कमलपोखरी पुनर्निर्माणको पहिलो चरणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ। पुनर्निर्माणपछि पानी भरिएको कमलपोखरीको निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले करिब ९५ प्रतिशत काम सम्पन्न भएको जानकारी दिए।  

काठमाडौं महानगरपालिकाका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, वडाध्यक्ष भरतलाल श्रेष्ठसहित निरीक्षणका लागि कमलपोखरी पुगेका शाक्यले केही समय अनावश्यक विवादका कारण काममा केही अवरोध भए पनि अहिले सुन्दर पोखरी निर्माण हुने चरणमा पुग्दा खुसी लागेको बर्ता।  

उनले पानी पुनःभरण र शुद्धीकरण गर्ने योजनासहित पोखरी पुनर्निर्माण गरेको स्मरण गराए। ‘पहिला बेबारिसेर र फोहोर जमेको पाखेरीलाई परम्परागत, सांस्कृतिक र पर्यकटीय रुपमा विकास गर्ने अभियानलाई अघि बढाएका हौं,’ शाक्यले झिँगटीको छानामुनीको मण्डपबाट टनाटन पानी भरिएको कमलपोखरीतिर चोरीऔंलाले देखाउँदै भने, ‘वर्षौदेखि बेवारिसे अवस्थामा रहेको कमलपोखरीलाई गुरुयोजना बनाएर पुनर्निर्माण गर्दै पुनर्जीवन दिने काम गरेका छौं।’  

सहरी योजना आयोगका उपाध्यक्ष बस्नेतले कमलपोखरीमा चार ओटा कुनामा आकर्षक र संस्कृति झल्किने चार ओटा मण्डप र पूर्वतिर मुलढोकासँगै एउटा गरी पाँचओटा मण्डप रहने जानकारी दिए। करीब ६ करोड ३६ लाखको लगानीमा निर्माण भइरहेको उक्त पोखरी वास्तुशास्त्रमा आधारित भएर निर्माण भइरहेको पनि पनि बस्नेतले जानकारी दिए।

प्रकाशित: १० आश्विन २०७८ ०२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App