८ वैशाख २०८१ शनिबार
समाज

लागुऔषधसहित एक जना पक्राउ

प्रहरीले बुधबारसाँझ लागुऔषधसहित विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१३ का २३ वर्षीय सुशील श्रेष्ठ रहेका छन्।  

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार भारतको जोगबनी बजारबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर–१६ दरैयाबाट श्रेष्ठलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार उनको साथबाट लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन १०÷१० गरेर ४० एम्पुल लागुऔषध बरामद भएको छ। पक्राउ परेका श्रेष्ठविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।  

प्रकाशित: ७ आश्विन २०७८ ०७:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App