coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आगोले जलेका खनाल दम्पतीको निधन

इलाम घर भइ झापामा बसोबास गर्ने दम्पतीको घरसँगै जलेर निधन भएको छ। इलाम नगरपालिका–५, बरबोटे घर भएपनि झापाको अर्जुनधारा बस्दैआएका ४५ वर्षे रोम खनाल र उनकी श्रीमती ४३ वर्षीया दुर्गाको गएराति उपचारक्रममा निधन भएको हो।  

गत भदौ २६ गते साँझ साढे ५ बजेतिर खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर विस्फोट हुँदा घरमा आगो सल्किएको थियो। आगोले खनाल दम्पतीसहित रोमकी आमा ८५ वर्षीया मंगलादेवी र छोरा १८ वर्षे पंकजसमेत घाइते भएका थिए। काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचाररत गम्भीर घाइते रोमको गएराति पौने ८ र दुर्गाको ११ बजे निधन भएको दुर्गाका भाइ खडानन्द ढकालले जानकारी दिए। 

सामान्य घाइते पंकजको त्यही अस्पतालमा उपचार हुँदैछ भने मंगलादेवीको झापामै उपचार भइरहेको छ। रोम र दुर्गाकी छोरी पूजा भने घटनाका बेला घरबाहिर रहेकाले बच्न सफल भएकी छिन्। आगोले जलेर घाइते भएपछि खनाल दम्पतीलाई उपचारका लागि विराटनगर लगिएको थियो। 

तर, त्यहाँ उपचार सम्भव नभएपछि भदौ २८ मा काठमाडौं पुर्‍याएको थियो। आर्थिक अवस्था कमजोर रहेका खनाल दम्पतीको उपचारमा करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अस्पतालमै रहेका ढकालले बताए। आगोले घर जलेर पूर्णरूपमा नष्ट भएको छ। घाइतेहरूको उपचार सहयोगका लागि परिवारजनले सबैसँग याचनासमेत गरेका थिए।

प्रकाशित: ५ आश्विन २०७८ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App