२४ भाद्र २०८१ सोमबार
image/svg+xml
समाज

वैदेशिक रोजगारीः एकैदिन ६ शव र १५ अस्तु नेपाल आइपुग्यो

मलेशियाबाट एकैदिन ६ शव नेपाल ल्याइएको छ। वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिबार) नेपाल ल्याइएको हो। ६ जनाको शव सँगै १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ।  

नेपाल सरकार र मलेशियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो। जनउद्धार केन्द्र मलेशियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृतकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत रहेको छ। उनले परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा शव नेपाल ल्याएको बताए।

कानूनि र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन अझै सहज भएको छैन। विदेशमा मृत्यु भएकाहरुको शव ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ। सरकारले मृतकका आफन्तको घरसम्म शवबाहनमा शव पुर्याउने गर्दै आएको छ।

प्रकाशित: २ आश्विन २०७८ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App